हिन्दु राष्ट्र बनाएरै छाड्ने कमल थापाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखी मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि शुभारम्भ गरिएको छ ।

राजधानी लेख्छ – अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ ,नेताहरु भिम प्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील कुमार श्रेष्ठ, भुवन पाठक लगायतका नेताहरुको सहभागी थियो । धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए ।

आजै मुस्ताङको सदरमुकाम जोमसोममा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए । उनले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए । सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने उनले स्पष्ट पारे ।

बेनि–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सो अवसरमा थापाले सरकारको ध्यानाकर्षण गराए । भ्रष्टाचार र कुशासन मौलाएको प्रति उनको तिब्र आक्रोस थियो । मुलुकको निमित्त राप्रपाले बोकेको विचारले मात्र निकास दिन सक्ने भन्दै राष्ट्रवादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासीको सहयोगको उनले अपेक्षा गरे ।

LEAVE A REPLY