कोरियाली भाषाको भाषा परीक्षा हुँदैछ : परीक्षार्थीले ख्याल गर्नुपर्ने कुरा

इपीएस अन्तर्गत जेठ २५ र २६ गते कोरियाली भाषाको भाषा परीक्षा हुँदैछ । यससँगै वर्षभरि मेहेनेत गरेर कोरियाली भाषा पढेर कोरिया जाने सपना बोकेका सबैको नै मुटुको ढुकढुकी बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा १० हजार भन्दा बढीले वृद्धि भएको छ । यो वर्ष ९२ हजार भन्दा बढी परीक्षामा सहभागी हुनेछन् ।

इपीएस कोरिया शाखाले भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । भाषा परीक्षाका लागि काठमाडौँमा २१, पोखरामा ४ र ललितपुरमा ७ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । इपीएस कोरिया शाखाले जनाए अनुसार पहिलो सिफ्टको परीक्षा बिहान १० बजेदेखि र दोस्रो सिफ्ट दिउँसो १ बजेर ३० मिनेटदेखि शुरू हुनेछ ।

परीक्षामा आउने सबै प्रश्नहरू विकल्पसहितका हुन्छन् । २ सय अंकको परीक्षामा जम्मा ५० प्रश्न सोधिन्छ । ५० मध्ये २५ वटा प्रश्नको उत्तर दिँदा ४ वटा विकल्पमध्ये एउटामा चिन्ह लगाउनुपर्छ । अर्को २५ वटा प्रश्नका उत्तर भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ ।

LEAVE A REPLY