ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ १३ असारदेखि

प्रदीप खड्गीद्धारा निर्देशन रहेको ‘कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’को सार्वजनिक प्रदर्शन १३ असारबाट प्रारम्भ हुने भएको छ ।

‘ऐतिहासिक फिल्म बनाउने वर्षौंको सपना अहिले साकार भयो’ निर्देशक प्रदीपले भने ‘कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई फिल्ममा उतार्न सफल भएको छु ।’

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फिल्म ‘कीर्तिपुर’मा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतको अभिनय रहेको छ ।

विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता रहेको फिल्मलाई सेन्सर बोर्डले यो यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।राजा पृथ्वी नारायण शाहको नेपाल एकीकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउ“छन् । सेन्सर बोर्डले यो चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

Loading...

LEAVE A REPLY