कानुन मन्त्री भानुभक्त ढकालका दाजु बेपत्ता


कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु ७० वर्षीय शिवप्रसाद ढकाल बल्खुस्थित निवासबाटै उनी बेपत्ता भएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भनदै ढकाल परिवारले उजुरी दिएको छ । अहिले बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म खटिएको छ ।

तर, हालसम्म अत्तोपत्तो लागेको छैन । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरी बताउँछ ।

LEAVE A REPLY