एनसेलले बुझायो ४ अर्ब

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेवा ४ अर्ब रुपैंया बुझाएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीको रुपमा रहेको एनसेलले सेवा सञ्चालन अनुमतिपत्र नवीकरणका लागि भन्दै नेपाल दूरसञ्चार प्राधिकरणलाई चार अर्ब रुपैंयाँ बुझाएको प्राधिरणले जनाएको छ ।


यो नवीकरण शुल्कको पहिलो किस्ता भुक्तानी भएको प्राधिकरणले स्पष्ट पारेको छ । यही जेठ १६ मा सरकारले टेलिकम कम्पनीले तिर्नुपर्ने शुल्क र किस्ता रकम निर्धारण गरेको जानकारी दिएको थियो । गत चैतमै टेलिकम कम्पनीका लागि नवीकरण दस्तुरबापत २० अर्ब रुपैयाँ तिर्नुपर्ने प्राधिकरणले निर्णय गरेको थियो ।

२० अर्बमध्ये प्रत्येक वर्ष किस्ता बापत चार अर्ब रुपैयाँ सरकारलाई तिर्नुपर्छ । नेपाल टेलिकमले पनि उक्त रकम तिर्ने तयारीमा रहेको जनाएको छ ।

LEAVE A REPLY