एक नेपाली, एक फलफूल रोपन कार्यक्रम सम्पन्न

काठमाडौं । आज विश्व वातावरण दिवस । देशभर विभिन्न वातावरणसम्बन्धि कार्यक्रमहरु आयोजना गरेर वातवारण दिवस मनाइएको छ । विश्व वातावरण दिवसको अवसरमा नेपाल आयल निगम लिमिटेडले पनि आज ९० बोट बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । टेकुस्थित कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले स्याऊ र नास्पातीको विरुवा रोपेर कार्यक्रमको थालनी गरेका हुन् ।

विरुवा रोपन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारप्रसाद अधिकारी, नेपाल आयल निगम काकार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतको उपस्थितीमा उक्त ठाउँमा ९० बोट विरुवा रोपिएको हो । नेपाल सरकारको “एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान” मा एक्यबद्धता जनाउँदै विभिन्न जातका फलफूलका विरुवाहरू रोपिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

यसका अतिरिक्त निगमको देशै भरिका विभिन्न कार्यालयहरूमा दुई सय ९६ विरुवाहरू रोपिएकोे जनाइएको छ । विरुवालाई रोपेर छाड्ने मात्र होइन यसको संरक्षण र सम्बद्र्धन गरि यसको प्रतिफल प्राप्त भइञ्जेलसम्म संरक्षणमा जोड दिने निगमले जनाएको छ ।

Loading...

LEAVE A REPLY