संसद भवनभित्र उधोगपती विनोद चौधरी कड्किए्–‘देश दुष्चचक्रमा फसेको छ’ (भिडियो सहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोद चौधरीले बजेटलाई आधारभूत रुपमै परिवर्तन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जारी बजेटमाथिको छलफलका क्रममा सांसद चौधरीले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन बजेटलाई आधारभूत रुपमै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

‘‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फण्डामेन्टल चेञ्ज ९आधारभूत रुपमै परिवर्तन० गर्नुपर्छ,’’ उनले भने । चौधरीले गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीले बताए ।

Loading...

LEAVE A REPLY