कृष्णको राजनीतिक जीवनमा यसकारण लाग्यो ‘ब्रेक’

@ अञ्जनकुमार हिमाली

राजनीतिमा थकान भन्ने चिज हुन्न भन्ने मान्यताका उनी तर लामो समय थकाई मारे । २०५० को दोस्रो जिल्ला अधिवेशनमा सानदार मतले जिल्ला कमिटीमा निर्वाचित बनेका उनी अर्थात तत्कालीन दारेचोक–४ मुग्लीनका कृष्णप्रसाद सिलवालले ०६० को दशकतिर घरायसी अल्झनमा नलागी राजनीतिमै अगि बढेको भए सायद अहिले प्रदे्शको मन्त्री अथवा संघ वा प्रदेशको सभासद पक्का थियो । उनी भन्दा जुनियर कृष्णभक्त पोखरेल दुईदुई पटक नेकपा एमाले चितवनका अध्यक्ष र चितवन क्षेत्र नं. ३ बाट लगातार सभासद बने ।


कृष्णप्रसाद सिलवाल


अनुहारमा काटीकुटी विपी कोइराला । तर विचारका हिसावले खरो माक्र्सवादी । २०२३ सालमा आमा ललितादेवीको कोखबाट जन्मिएका कृष्णप्रसाद सिलवालमा सानै उमेरदेखि राजनीतिक चेत पस्यो । ०३६ साल चैत्रको नेपाल बन्दमा बन्दको आव्हान गर्ने र बाटो अबरुद्ध गरेको आरोपमा उनी गिराफ्तार परे । उनीसँगै गिराफ्तार पर्नेमा थिए सर्वशान्ति माविका प्रअ टिकाराम भट्टराई । राजद्रोहको आरोपमा प्रअ भट्राई हिरासतमा रहेपनि बालक भएका कारण प्रहरी चौकी मुग्लिनको हिरासतमा रहेका उनी ८ घण्टापछि छुटे । ०३८ सालमै सर्वशान्ति मावि कुरिनटारको अनेरास्ववियू प्राकको सचिव बने । फुच्चे भैकनपनि चतुर र हक्की स्वभावका सिलवालले स्कूल स्कूलमा गई अनेरास्ववियुको प्राक त गठन गरेकै थिए, ०३९ सालमा पंच सरकारले कामका लागि खाद्यन्य भनी वितरण गर्न पठाएको गहँु र चामल प्रधानपंच डोलबहादुर घिमिरे लगाएत आसेपासेले मात्रै भोग गरेको चालपाएपछि सिलवालले आफ्ना अग्रज दाइ शिवहरि सिलवाल र रामप्रसाद त्रिपाठीको अगुवाईमा डोलबहादुरको घरमा भण्डारण गरिएको गहँु र चामल कब्जा गरी गरीव किसानहरुलाई वितरण गरे ।
गौचरनका लागि भनी राखिएको २२ विघा जग्गा काका पदमप्रसाद सिलवाल गापको सचिव भएका बेला गाउँलेहरु कसैलाई थाहा नदिई आफ्नो नाममा गरेपछि आफ्नै काका विरुद्ध सामाजिक तथा कानूनी सशक्त प्रतिरोधमा उत्रिएका सिलवाललाई पंचहरुले शासनको विरोधी उग्रवादीको आरोपमा ०४४ सालमा गिराफ्तार गरी ९ दिनसम्म मुग्लिन चौकीको हिरासतमा रहेका उनले पंच प्रहरीको कुटाई कति भेटे भनिसाध्य छैन । मरणसन्न हुने गरी यातना दिएपनि सत्यको साक्षी दैव भनेझै कालको मुखबाट बचे । चरम यातनाले हल्लु न चल्लु बनाएर १० दिनपछि हिरासत मुक्त भएका सिलवालले राजनीतिमा हरेस खाएनन् । पंचायती व्यावस्था र शोषक सामान्तीहरुको विरुद्ध लडिरहे ।
०४६ सालको जनआन्दोलनमा उनी २३ वर्षे लक्का जवान भैैसकाथिए । सोही सालको चैत्र २७ गते मुग्लिनमा आयोजित आमसभामा उनी कम्युनिष्टका तर्फबाट वक्ता बने । वककलामा निपूर्ण उनीले जनताको मत यसरी आकर्षित गरेकी पंचायती व्यावस्थाप्रति बफादार पंचहरुनै बहुदलिय प्रजातन्त्रको पक्षमा स्वस्फूर्त सडकमा निस्कन थाले । गाउँमा पंचहरुको थिचोमिचो, जातिय विभेद लगाएत थुप्रै असमानताको विरुद्ध कानूनी लडाई पनि लड्न पर्ने भएकोले नै उनले कानून पढे । अधिवक्ता बने । कुरिनटारका आम मानिसहरुले ०५४ को स्थानीय निर्वाचनमा साविक दारेचोक गाविसमा कृष्णप्रसाद सिलवालले अध्यक्षमा उठाउनु पर्ने जिरह व्यक्त गर्दागर्दैपनि पार्टीले मुग्लिनका कलेन्द्र थकालीलाई अध्यक्ष र सिलवाललाई उपाध्यक्षमा उठायो । उपाध्यक्षमा सिलवालले अत्याधिक मतले विजयी हासिल गरे भने अध्यक्ष गुमाउनु प¥यो ।
अध्यक्ष थिए काँग्रेसका विष्णुबहादुर लामा । लामा आफैमा खराव व्यक्ति नभएपनि काँग्रेसी एउटा जत्था थियो अध्यक्षलाई मोहोरी बनाएर फोहोरी खेल खेल्ने । चाहेर पनि उपाध्यक्षले गाविसमा केही गर्न नसके पनि नराम्रो केही गरेनन् । लैलैमा कार्यकाल सकियो । माओवादी युद्धले चरम रुप लियो । सेयर बजारमा लगानी सिलवालको युद्धकै प्रभावले धरासायी बन्दै गयो । उनी ६ वर्षको हुँदा बाबु इन्द्रप्रसाद सिलवाल देहवसान । उनका साखासन्तान काँग्रेस उनीमात्रै कम्युनिष्ट । एकातिर लगानी डुव्दै जानु अर्काेतिर राजनीतिवृतमा देखिएको फोहोरी खेलले पनि उनलाई मानसिक तनाव थियो । जसका कारण झण्डै ०६० को दशकदेखि उनी गुपचुपमै रहे । प्रचुर राजनीतिक संभावना बोकेका सिलवाल एकदशक जस्तै मौन बसेकै कारण राजनीतिमा पछि परे । ०७४ को स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिकामा पहिले हकवाल उनै थिए एमालेको तर्फबाट । खासै जिरह गरेनन् । तर उनको भूमिका सक्रिय रहदाँ रहदैपनि पार्टीकै केही मानिसहरुले अन्र्तघात गरिदिँदा जितेको चुनाव हार्नु प¥यो एमालेले ।
पार्टीमा इच्छाकामना गाउँपालिकाको अध्यक्षमा निर्वाध जस्तै भएपनि पार्टी एकीकरणको प्रभावले पूर्व माओवादीबाटै डामिने हुन् की भन्ने शंका गर्छन चितवनकै एक नेता प्रकाश पोखरेल । त्यस्तै आशंकाको छ माओवादीका पूर्व होलटाइमर रामशरण सिलवालको । हाल कृष्णप्रसाद सिलवालकै आवश्यकता भएपनि राजनीतिक कोर्ष बक्ररेखामा बग्ने हुनाले जनता र केन्द्रमा पनि राम्रै पहँुच भएका सिलवाल राजनीतिक सहिद त बन्दैनन् भन्ने आंशका व्यक्त गर्छन गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ ।
सहयोगी छन् । सामाजिक क्षेत्रमा लगाव छ । पढेलेखेका छन् र पनि केही कमजोरीहरु भएको उनकै पार्टीका कयौले भन्ने गरेका छन् । उनी सबैलाई छिट्टै विश्वास गर्छन् । मनमा कुरा सबैलाई समानदेखि पोख्छन् । प्रतिष्पर्धीलाई त्यही मसला बन्छ र उनको विरुद्ध खेल्न सजिलो हुने ठान्दछन् चितवने पत्रकार रोहिणीप्रसाद त्रिपाठी । लामो समय एमाले दारेचोकका अध्यक्ष बनेका तेजबहादुर शेरचन अलि गम्भीर र जे कुरामा पनि छिट्टै प्रतिकृया नदिन सिलवाललाई आग्रह गर्छन । अहिले पार्टीमा उनको विकल्प देख्दैनन् सक्रिय कार्यकर्ता गणेश श्रेष्ठ पनि ।

Loading...

LEAVE A REPLY