तस्बिर हेर्नुस् त, देशभर गणतन्त्र मनाइँदै गर्दा रामहरि खतिवडाको उपद्रो !

मुलुकमा गणतन्त्र दिवस अर्थात् जेठ १५ धुमधामका साथ मनाइदै गर्दा प्रतिपक्ष दल नेपाली काँग्रेसका एक जना नेताले भने उपद्रो गरेर चर्चा कमाएका छन् । उनले विद्यार्थीको पठनपाठन नै बन्द गराएर आफ्नो स्वागतका लागि फूलमालासाथ विद्यार्थीहरुलाई लाममा उभ्याएका छन् । उनी हुन्, पूर्व सांसद समेत रहेका रामहरि खतिवडा ।

‘प्रधानमन्त्री केपी ओलीको घर कुर्ने चौकिदार’ भनेर सञ्चारमन्त्री गोकुल बास्कोटामाथि उत्रिएका उनलाई बास्कोटाले काभ्रे पुगेर जवाफ दिएका थिए–चोर्नुभन्दा चौकिदार बस्नु राम्रो । यसरी दुवैले एक अर्काबीच शब्दको हिलो छ्यापछ्याप गरेको केही दिनपछि ओखलढुंगा पुगेर खतिवडाले यस्तो पोजमा आफ्नो फोटो खिचाइदिए । ओखलढुंगाबाट निर्वाचित पूर्व नेपाली कांग्रेसका सांसद खतिवडाले पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी चोरेको आरोप लागेको थियो । तर, खतिवडाले आफ्नो ट्राउजरको गोजीमा कसले र कसरी किन राखिदियो ? अनभिज्ञता जनाउँदै फिर्ता गरेपछि काण्डले उग्र रुप लिएको थिएन । विभिन्न विवादमा तानिँदै आएका खतिवडा अहिले जिल्लामा आगामी निर्वाचनमा शक्ति प्रदर्शनको दौडधुपमा लागिपरेको पनि बताइन्छ । निर्वाचन जित्नुअअिघ जिल्लामा र जितपछि उद्घाटन कार्यक्रममै व्यस्त हुने प्रचलन त हामीकहाँ कायमै छ ।

अहिले खतिवडा जिल्लाका विभिन्न वडामा आफ्नो उपस्थित जनाउँदै मात्र छैनन् विभिन्न उपद्रो काम गरेर हसाउने काम उत्तिकै गरिरहेका छन् । जबकि यो माथिको चित्रलाई हेर्दा थाहा हुन्छ । उनी किन उर्खमउलो गर्मिको समयमा विद्यार्थीहरुको पठनपाठन बन्द गराएर आफ्नो स्वागतका लागि लाममा उभ्याइरहेका छन् । ‘विद्यालयको पठनपाठन बन्द गरेर विद्यार्थीको स्वागत गर्न चाहनुले राजतन्त्रको बढप्पन झल्किन्छ । निर्दाेष बालबालिकाको स्वागतमा रमाएर उनीहरुको भविष्य बर्बाद गर्न पाइँदैन ।’ तत्कालीन संघीय समाजबादी पार्टीका नेता (बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईको पार्टी समाजवादी पार्टी) धिरेन्द्र रुम्दालीले उक्त फोटा आफ्नो सामाजिक सञ्जालमा विछ्याएसँगै टिकाटिप्पणी सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here