लोकसेवा : कहिलेसम्म दिन पाइन्छ आवेदन ? कति लाग्छ दस्तुर ? कसरी भर्ने फाराम ?

लोकसेवाले ९ हजार १ सय ६१ पदमा आवेदन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जम्मा ५१५ स्थानीय तहमा १३ हजार ६ सय ४५ पदमा आवेदन खोल्नका लागि लोक सेवा आयोगलाई आग्रह गरेको थियो । बाँकी ४ हजार पद भने बढूवाका लागि छुटाइएको लोकसेवा आयोगले जनाएको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले छोटो समयमा ठूलो संख्यामा आवेदन खुलाउनु परेपनि योग्यता परीक्षण, परीक्षा प्रणाली लगायत कुनै पनि कुरामा आयोगले कम्प्रमाइज नगर्ने बताएका छन् । आयोगमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उमेशप्रसाद मैनालीले भने हतारमा कुनै पनि काममा कम्प्रमाइज गर्दैनौं, जस्तोसुकै चुनौतीपूर्ण काम गर्न पनि हामी तयार छौं ।
लोकसेवा तयारी गरिरहेका युवाहरुको जिज्ञासा छ परिक्षा फाराम कहिलेसम्म भर्न पाइन्छ ? र फाराम शुल्क कति लाग्छ ? अनि फाराम कसरी भर्ने ?


आयोगका अनुसार परिक्षा फाराम भर्ने मिति असार ३ गतेसम्मलाई तोकिएको छ

परिक्षार्थीले दोब्बर दस्तुर तिरे त्यसको साता दिन पछाडिसम्म अर्थात १० असारसम्म आवेदन भर्न सक्नेछन् ।


चौथो तहका लागि ४ सय,पाँचौ तहका लागि ४ सय,छैटौं तहका लागि १ हजार र नवौं तहका लागि १२ सय लाग्नेछ । यस्तै समावेशी कोटामा फाराम भर्न चाहनेले थप दस्तु तिनुपर्ने छ । र युवाहरुमा अन्योलता छ, एकै दिन दुईवटा परीक्षमा कसरी सामेल हुने त ?

उदाहरणका लागि सहायक, न्याय, कानून, प्रशासन, लेखा लगायतका समूहमा तह ४ र ५ को प्रथम चरणको परीक्षा एकै दिन परेको छ, साउन ४ गते ।आयोगले यसका लागि समय भने फरक–फरक राखेको छ । तह ५ को परीक्षा बिहान ८ बजे र तह ४ को मध्याह्न १२ बजेपछि हुन्छ ।परीक्षार्थीले समय व्यवस्थापन गर्न सके दुई तहको परीक्षा दिन सकिने अध्यक्ष मैनालीको भनाइ छ ।

Loading...

LEAVE A REPLY