गृह मन्त्रालयभित्रै मुक्का हानाहान

देशकै प्रमुख प्रशासनिक केन्द्र भित्रै कर्मचारी चुटिएका छन् । त्यो पनि शान्ति र सुव्यवस्था हेर्ने मन्त्रालय भित्रै कर्मचारी चुटिएका हुन् । आइतबार एक समूहले गृह मन्त्रालयका कर्मचारीहरु माथि मुक्का प्रहार गरेका हुन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधाको सवालमा एक समूहले मन्त्रालयका कर्मचारीलाई पिटेका हुन् ।
सो सेवा सुविधाको सबालमा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेको हो ।स्थानीय तह तथा प्रदेशमा खटिएका कर्मचारीहरु त्यहाँका मन्त्रीदेखि जनप्रतिनिधिहरुबाट पिटाइ खाएको घटना सार्वजानिक भइरहदाँ देशकै प्रमुख प्रशासनिक निकायमा कर्मचारी पिटिएका हुन् ।


सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव ईन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते, अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरू अनसनमा बसेका थिए ।

माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो

द्वन्द्वका घाइतेहरू समेत रहेको कार्यदलले विभिन्न विकल्पमा छलफल गरिरहेका बेला कार्यदलमा सहभागी युवराज विकले कुनै पनि प्रस्तावमा सहमति छैन भन्दै आक्रमण गरेको स्रोतले जनाएको छ ।

युवराज विकले कार्यदल बाहिरका थप १० जना युवाहरूलाई बोलाएर कर्मचारीहरूलाई हातपात गरेका हुन् ।

घटनालगत्तै हातपातमा संलग्नहरूलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको गृह मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY