सिसौघारीमा महिलाको शव भेटियो

सिसौघारीमा फालिएको अवस्थामा सर्लाहीको पश्चिमी क्षेत्र धनकौल ४ महिनाथपुरमा अन्दाजी २५ वा २६ वर्षको देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिएका छन् ।

पिंक रातो साडी र खैरो चोलो लगाएको अवस्थामा शव फेला परेको छ । उक्त शव शंकास्पद अवस्थामा रहेको छ । भने शवको पहिचान हुन सकेको छैन्। महिलाको नाक र मुखबाट रगत निस्केको तर, शरीरमा कुनै गहिरो चोट भने देखिएको छैन्।

शव पोष्टमार्टमका लागि सर्लाही अस्पताल मलंगवामा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...

LEAVE A REPLY