धरानमा ‘गोली चल्यो’, बैंकका कर्मचारीबाट ३ लाख ‘लुटियो’

हत्या , हिंसा, चोरी, लुटपिट जस्ता अपराधिक कृयाकलाप हाम्रो देशमा निकै बढ्दो क्रममा छ । धरान ५ साउनेमा लघुवित्तको पैसा लैजाँदै गर्दा नचिनेका मानिसले गोली हानी पैसा लुटेको शम्भु गच्छदारले बताएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभएको छ । ।जीवन विकास लघुवित्तको सेवा केन्द्र धरानका कर्मचारी शम्भु गच्छदारले आफूलाई गोली हानी ३ लाख रुपैयाँ लुटिएको दाबी गरेका छन् ।

गच्छदारको कुहिनो र कम्मरमा चोट लागेको भए पनि गोली हानिएको र रकम लुटिएकोबारे अहिल्यै भन्न नसकिने प्रहरी उपरीक्षक अधिकारी बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ गैरहेको जानकारी प्राप्त भएको छ ।

Loading...

LEAVE A REPLY