सगरमाथामा ट्राफिक जामका कारण आरोहीहरुको ज्यान गएको समाचार सत्य होइन

पर्यटन विभागले सगरमाथामा आरोहण मार्गमा भएको चापका कारण आरोहीको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ ।

विभागका महानिर्देशक डुण्डुराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै मे २२ र २३ मा सगरमाथाको माथिल्लो मार्गमा आरोहीहरुको बाक्लो उपस्थिति रहेको भए पनि आरोहण मार्गमा भएको चापकै कारण ज्यान गएको भन्ने कुरा सत्य नभएको बताएको छ ।

आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र र्फकने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।

LEAVE A REPLY