दुर्घटनामा परेर मरिसके भनेका व्यक्ति जिवित भेटिए

भनिन्छ सुख हुँदा सबैको हाइ हाइ दुख पर्दा कोही छेन्न दाजुभाइ । यो घटना पनि यस्तै छ । धनुषाको कमला नगरपालिकामा गए राती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । रोशन झा साथीसँगै काम गर्न निस्केका थिय । दुर्घटनामा परेर बेहोस भएपछि साथीहरूले उनको साथ छाडीदिय । बेहोसी अबस्थामा उनलाई साथीहरूले मृत्यु भयो भनेर भागे ।

दुर्घटनापछि म वेहोस भएपछि साथीहरू कता भागे मैले पत्तो पाइन, उनले भने, ‘जब मोटरसाइकल चिप्लियो, म सडक पेटीमा गएर ठोक्किँए, साथी आए र मलाई देखेर टाप कसे । त्यति बेला म बोल्न सक्ने अवस्था थिएन, तर सुन्न सक्थेँ । साथीले छाडेर भागेपछि धेरै पीडा भयो । रातैभरि मलाई सडक पेटीमा कसैले पनि देखेनन् र अलपत्र परेर रातैभरि सडक पेटीमै छटपटाएँ ।’

विहान खेततर्फ निस्केका स्थानीयहरुले उनलाइ सडकको पेटिमा अलपत्र छटपटाइ रहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिय ।
साथीहरूले मरिसक्यो भनी छाडेका उनलाइ स्थानीयले जिवित भेटे । ज ४ प ३६७७ नम्बरको मोटरसाईकलमा सबार झा गएराती करिब १२ बजेतिर काम सकेर जनकपुर जान लाग्दा अनियन्त्रित भएर दुर्घटना भएपछि आफु होसमा नरहेको झाले बताए ।

तिनकौरियाबाट गएको प्रहरी टोलीले उनलाई उद्धार गरेका थिए । उनको अनुहारमा गम्भिर चोट लागेको छ भने आँखा पूर्ण रुपले खोल्न सकेका छैनन् । उद्धारपछि उनको अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY