सगरमाथामा हस्तमैथुन गरेको तस्वीर ११ वर्ष पुरानो बास्तविकता यस्तो हो

Sharing is caring!

सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ ।

विश्वभरका पर्यटकको आकर्षणको केन्द्र सगरमाथाको शिखरमा अमेरिकाको भर्जिन आइसल्यान्डका ३६ वर्षीय ह्युग ए रेक्सुनले हस्तमैथुन गरेर ‘कीर्तिमान ?’ राखेको भन्दै ट्वीटरमा फोटो हालेपछि चर्को आलोचना भएको हो । उनले अमेरिकी नागरिक रेक्सुनले बिहीबार बिहान ११ बजेर ११ मिनेटमा १२० जना आरोहीसामूह सगरामाथा शिखरमा हस्तमैथुन गरेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भएपछि आक्रोश बढेको थियो। केही समाचार अनलाइनहरुले यसको तथ्य बुझ्दै नबुझी ‘सगरमाथामा हस्तमैथुन’ शीर्षकको समाचार बनाएर प्रकाशित गरेका छन् ।

तर यो तस्बिर सन् २००८ मा खिचिएको जानकारी पर्यटन विभागले दिएको छ । विभागकी निर्देशक मिरा आचार्यले सन् २००८ मा खिचिएको फोटोलाई यही सिजनको भनेर गलत आशयसहित प्रकाशित गरिएको आपत्ति जनाएकी छन् । तर, वास्तविक फोटोः

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY