बिहेपछि भारतको कोठीमा पुर्‍याइएकी युवती

माया प्रेम शब्द आँफैमा भाब बाचक शब्द हो । नत यसलाई देख्न सकिन्छ , न छुन , न त नापतौल गर्न नै सकिन्छ । केवल मनले अनुभब गरिन्छ , त्यही नै हो माया । अहिलेको यो युगमा त झन सच्चा प्रेम चिन्नै निकै कठिनाइ छ । किनभने कसैले देखावटी प्रेम गर्छन, कसैले सम्पती का लागी , कसैले केही फाइदा का लागी भने कसै कसैले मात्र साचो प्रेम गरीरहेका छन् ।

धनुषाकी एक युवती पनी यस्तै माया प्रेम मा परीन । उनलाई विवाहको नाटक गरेर भारतको कोठी सम्म पुर्याइएको थियो । तर उनी एक महिलाको सहयोगमा भारतबाट नेपाल फर्किन सफल भएकी छीन् । उनलाइ कोठीमा बन्धक बनाएर नसालु पदार्थ प्रयोग गरी तथा कुटपीट गरी यौन व्यवसाय गराउँदा ती युवती बिरामीसमेत परेकाले उनी जनकपुर अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएकी छिन् ।

चार महिना अघि बटेश्वर गाउँपालिकाकी ती युवतीलाई महोत्तरीको लोहरपट्टी नगरपालिकाका एक युवकले प्रेम जालमा फसाएर भगाएका र युवतीका परिवारले खोजी गर्दा महोत्तरीका ती युवाले भगाएको पत्ता लागेको थियो । उनीहरु दुवै प्रेम सम्बन्धमा रहेको र युवतीसँग विवाह गरी युवतीको सम्पूर्ण जिम्मा लिने कुरा समेत ती युवाले बताएका थिए ।

भगाएको डेढ महिनापछि ती युवकले आफ्नो घरपरिवारको उपस्थितिमा युवतीसँग विवाह पनि गरेका थिए । विवाहपछि युवकले युवतीलाई आफ्नो घर नलागी दुईचार दिन यताउता राखी भारतको मुजफरपुरको एक कोठीमा देहव्यापार गर्न पुर्‍याएका थिए ।

कोठीमा पुर्‍याइएकी ती युवतीलाई यौन व्यवसायमा संलग्न गराउँदा नमानेपछि नसालु सुई प्रयोग गरी हातखुट्ट बाँधेर चरम यातना समेत दिँदै आएका थिए । ‘पहिला प्रेम गर्छु भनेर भगाए । विवाहको नाटक गरी मलाई छलेर भारतमा लगेर मलाई बेचिदिए’ युवतीले आफ्नो पीडा सुनाउँदै भनिन् ‘मलाई त्यहाँ यौन व्यवसायमा जबरजस्ती पठाइन्थ्यो । मैले अस्वीकार गर्दा हातखुट्टा बाँधेर नसाको सुई लगाइदिन्थे, चिच्याउँदा कुटपीट गर्थे र मुखमा कपडा कोचिदिन्थे ।’ कोठी नजिकैकी एकजना महिलाले पीडा हेर्न नसकी माया लागेर नुहाइदिने वाहानामा मलाई बाहिर निकालेर घरसम्म आउन सहयोग गरेको पीडित युवतीले बताएकी छिन् । ।

चरम यातना र यौन शोषणमा परेर बिरामी भएकी ती युवती जेठ ४ गते साँझ जनकपुरको रामानन्दचोकमा आएर अलपत्र परेकी थिइन् । जानकी प्रहरी चौकीले त्यहाँबाट उद्धार गरी उनका घर परिवारलाई बोलाएका थिए । धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले ती युवतीलाई विवाह गरेर भारत लगेर यौन व्यवसाय गराएको घटनाको छानविन गरिरहेको बताउनुभयो । उहाँले यस्ता गम्भीर प्रकृतिको अपराध गर्ने जो सुकैलाई पक्राउ गरी कडा कारबाही गर्ने र अपराधिको खोजी भैरहेको जानकारी दिनुभयो ।

पीडित परिवारले आफ्नो छोरीमाथि भएको यातना र यौनशोषणको विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । युवतीले आफूलाई माया गर्छु भनेर विवाहको नाटक गरी बेच्नेलाई र उनलाई सहयोग गर्नेहरुलाई कारबाहीको लागि पहल गरिदिन गुहार पनि गरेकी छन् ।

Loading...

LEAVE A REPLY