अस्ट्रिया उड्दै उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज (आइतबार) एक साताका लागि युरोपेली मुलुक अस्ट्रियाको भ्रमणमा जाँदै छन्। अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गरेका छन्। उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा यही जेठ १४ गते आयोजना हुने जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको हो । उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्ने उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

यस्तै उनले अस्ट्रियाका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। उपराष्ट्रपति पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।

Loading...

LEAVE A REPLY