सुरु भयो ‘छ माया छपक्कै’

‘छ माया छपक्कै’को छायाङ्कन सुरु भयो
दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘छ माया छपक्कै’को छायाङ्कन सुरु भएको छ । बिहिबार सिन्धुलीबाट फिल्मको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए ।

यसअघि ब्रान्ड बनिसकेको शृंखलाबद्ध चलचित्र ‘छक्का पञ्जा’को चौथो शृंखला रोकेर यी जोडीले ६ माया छपक्कैमा लगानी गरेका हुन् ।

सञ्चारकर्मी निर्देशक दीपेन्द्र लामाले यो चलचित्रको निर्देशन गरिसकेका छन् । चलचित्रमा दीपक र दीपासँगै केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, रमा थपलियासहितको मुख्य भूमिका रहेको छ ।

यो चलचित्र सिन्धुलीको खुर्कोट नजिक बेलाबाट छायांकन गरिएको छ । यसकी निर्देशक सल्लाहकार दीपाश्रीले भनिन्,‘चलचित्रलाई एक महिनामा छायांकन सक्ने लक्ष्य लिएका छौं । सिन्धुली, रामेछापा, काभ्रेलगायतका स्थानमा हामी छायाकन गर्दै छौं ।’

Loading...

LEAVE A REPLY