४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल जेल चलान

भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) जागिरबाट बर्खास्तीमा परेर छन् ।

उदयपुरस्थित कालिसिद्धि गणका गणपति केशवराज कार्कीलाई सैनिक अदालतले ४९ लाख २९ हजार भ्रष्टाचार गरेको अभियोगमा बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए । प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो । सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ । प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो ।

कर्नेल कार्कीविरुद्ध गत फागुनमा सेनाको सिकायत जाँचबुझ निर्देशनालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको प्रारम्भमा निर्देशनालय गठन भएको थियो । निर्देशनालयले उजरीका लागि अधिकांश सैनिक ब्यारेकमा पत्रमञ्जुसा बाकस राखेको छ । प्रमाणसहित परेको उजुरीमाथि छानबिन गर्न सेनाले कर्नेल शोभित अधिकारीको नेतृत्वमा कोर्ट अफ इन्क्वाएरी गठन गरेको थियो । कार्कीले गरेको भ्रष्टाचार पुष्टि भएको भन्दै कोर्ट अफ इन्क्वाएरीले २३ वैशाखमा कारबाहीका लागि सिफारिस गरेको थियो । लगत्तै उनलाई सैनिक प्रहरी हिरासतमा राखिएको थियो ।

Loading...

1 COMMENT

  1. राम्रो भो किन कि यस्तो पबित्र नेपाली सेना को सस्थामा बसे र इ देस दुरही हरुलाइ अलि पनि लाज लगेन यस्तो खाते कुकुर हरु लाई फाँसी दे सरकार अनि मात्र मेरो अनि ३करोस नेपाली को आत्मा सान्ती हुने छ
    थुक्क खाते हरु

LEAVE A REPLY