“हामी प्रेमको नाटक गर्न सक्षम छौं तर सँगै रहने मान्छेको धड्कन सुन्न असमर्थ”

खुशी रहनुलाई अहिले दुनियाँको सबैभन्दा महत्वपूर्ण विषय ठान्न थालिएको छ। यस विषयमा कतिपय अनुसन्धान भएका छन्, कति निष्कर्ष आएका छन्। म धेरै जान्ने ज्ञानी त होइन तर यो विषयमा केही अनुभव गरेको छु। हाम्रो खुशी, प्रेम मानवीय गुणसँगै आउने विषय हुन्।

हामी मानव शरीरमा छौं, सोच्न सक्छौं। अरु प्राणीभन्दा फरक मानिस बढी बुद्धिमान छ, भावनात्मक छ। खुशी रहनुको एउटा सामान्य गुण मुस्कुराउनु पनि हो। के यस्तो भावना अरु प्रणाीमा छैनरु निश्चय नै छ। खुशीको लहरो समात्दै जाने हो भने त्यो हाम्रो अन्तर मनसम्म पुग्छ। सधैँ प्रशन्न भइरहने व्यक्तिका केही विशेष गुणहरु हुन्छन्। सधैँ प्रशन्न मन राख्ने मान्छेले प्राणीलाई हत्या गर्न सक्दैन, मांशहार गर्न सक्दैन।

फेरि हामी लाग्ला शाकाहारी हुनु ठूलो कुरा हो। कतिपयलाई लाग्ला शाकाहारी भयौं, धेरै कुरा भयो। कति शाकाहार गर्नेहरुले मांशहार गर्नेहरुलाई होच्याएको पनि देखेको छु। यो सोच र विचारमा प्रकट भएको मांशहारकै अर्को रुप हो। हाम्रो विचार पनि फैलिने एउटा तरिका छ। न्युरोन सिस्टमको कुराहरु हाम्रा बानी, व्यहोरासँग सम्बन्धित छन्। यहाँ हामी शाकाहारी बसेका छौं तर मांशहारीलाई होच्याउन खोज्नु शाकाहारी गुण हुँदै होइन। शाकाहार गरेर पनि आफूभित्र तामसी उर्जा बढाइरहेछौं भने बुझ्नुपर्छ हामी गलत दिशामा छौं। भन्न खोजेको के हो भने शाकाहारी हुनु मानवसंगत प्राथमिक कुरा मात्र हो।

यो ब्रह्माण्डको चक्रमा एउटा मानव हुनुको अर्थ के होरु एउटा अर्को प्राणी हुनुको अर्थ के होरु मलाई यहाँनेर भन्न मन लाग्छ आजको मान्छेले कुखुराको धड्कन सुन्न सकेको भए, सृष्टिमा आफ्नो सीमितता बुझेको भए मासु खान सक्दैन थियो होला। प्राकृतिक दृष्टिले हेर्दा एउटा कुखुराको प्वाँख कति सुन्दर देखिन्छ। तर यो अनुभव गर्ने जागृज मन हामीसँग खोइरु यो जागृत गराउन आफूलाई हेर्ने, योग साधना अभ्यासका लागि हामीसँग समय खोइरु

अहिलेको मान्छेले धेरै चमत्कार गर्दै गएको छ तर प्राणीको भावना, कतिपय अवस्थामा मान्छे—मान्छेबीचकै प्रेम भावनाको खडेरी टड्कारो भइरहेको छ। ९ महिनासम्म आमाको कोखमा बसेको छोराले बुवाआमालाई वृद्धाश्राम छोड्न थालेको छ। यस्तो किन तरु हो हामी प्रेमको नाटक गर्न सक्षम छौं तर सँगै रहने अर्को मान्छेको धड्कन सुन्न असमर्थ छौं। जसले कुनै अर्को प्राणीको साँच्चै मुटुको धड्कन सुन्न सक्दैन उसको जीवनमा प्रेमको अभाव सदैव रहन्छ। खोक्रोपन सदैव रहन्छ। त्यो अभाव पूर्ति गर्न मानिस यता र उता भौतारिन विवश छ।

हाम्रा सबै परम्परा, मूल्य, मान्यता बराबरी छन्। म ती सबैको सम्मान गर्छु। हो, यसमा मेरा केही खुल्दुली र सवालहरु छन्। यदि हिंसा र काटमार नै हाम्रो धर्म हो भने कसैलाई बचाउने विषयलाई के भन्नेरु यो प्रश्नको जवाफ को सँग होलारु कसैलाई बचाउने परम्परालाई कुन रुपमा लिने— धर्म वा अधर्मरु आजको मान्छेले बाह्य दुनियाँका ठूल्ठूला प्रगति गरिहेछ। दुनियाँका लागि हामीले समय छुट्यायौं तर आफ्ना लागि हामीसँग समय खोइरु थोरै पनि समय आफ्ना लागि छुट्याएर आफूभित्र सञ्चालित प्रणाली हेर्न थाल्यौं, योग गर्न थाल्यौं भने त्यसबाट मांशहार र शाकाहारको फाइदा—बेफेदाइदा अनुभव हुनेछ। शान्ति र आनन्दको तहमा पुग्न मांशहारले अवरोध गर्छ भन्ने थाहा हुनेछ। अरुलाई काटेर मारेर खाएको उर्जा हामीमा जबसम्म रहन्छ त्यसले हामीलाई शान्त र आनन्दमा स्थित हुन अवरोध गर्छ भन्ने जानकारी हुनेछ। यो विज्ञानले सावित गरेको विषय हो कि शक्ति कहिलै नस्ट हुने विषय होइन। यो रुपान्तरण मात्र हुन्छ। विज्ञान र मनोवैज्ञानिकहरुका कैयौं अनुसन्धानले देखाएका छन्, मांसहारको शक्ति रुपान्तरण हुँदा कहिलै पनि सकारात्मक उर्जामा रुपान्तरण हुँदैन।

ब्रह्माण्डको सृष्टिमा सबै विषय चक्रीय प्रणालीमा घुमिरहेछन्। सूर्यको वरिपरि पृथ्वीसहितका ग्रह, उपग्रहहरु एउटा नियमित चक्रमा घुमिरहेछन्। जन्मिएको मान्छे एक दिन मर्छ। यहाँ नसोचिएको विषय के हो भने के जन्मिएको मान्छे सधैँलाई अमर रहनलाई हो ररु मानव जीवन नै यो चक्रमा घुम्न विवश छ, संसारको प्रणाली नै चक्रीय छ। यो विज्ञानको अर्थ के हो भने हामीले आज गरेका कामको परिणाम भोलि निश्चित रुपमा आउँछ। कर्मको फल नआउने भन्ने कुरै छैन। यति थाहा पाउन गीता वा वेद पढिरहनु पर्दैन। त्रिपिटक वा बाइबल पढिरहनु पर्दैन। सृष्टिको यो सामान्य नियम बुझ्ने हो भने यहाँ धेरै कुरा आफैँ प्रस्ट छन्। बिहान उदाएको सूर्य साँझ अस्ताउँछ र भोलि फेरि उदाउँछ। यो हिसाब स्पष्ट छ। यो अरुलाई देखाउन, फेसबुकमा लाइक पाउने विषय होइन। यो त आफूमा आत्मसात गर्ने चिज हो।

कतिपयले भन्ने गरेको सुनेको छु शाकाहारमा तागत हुँदैन। मलाई यो एउटा गजबको कुरा लाग्छ। गीताले भन्छ, अन्नको अर्को शब्द ज्ञान पनि हो। ज्ञानलाई अन्न पनि भन्न सकिन्छ। म धेरै ज्ञानी छैन तर कतिपय अज्ञानका कुराहरु बुझेको छु। यहाँ बुझ्नुपर्ने विषय के हो भने तपाइँले आहार लिनुको मतलब शरीरलाई शक्ति प्रदान गर्नलाई हो। आहार उर्जामा रुपान्तरण हुँदा इश्र्या, घृणा र दुर्भावनामा कति रुपान्तरण हुन्छ र करुणा, स्नेह, प्रेम र सकारात्मक उर्जामा कति ? सवाल यो मात्रै हो। यस हिसाबले हेर्नुभयो, अनुभव गर्नुभयो भने तपाइँले स्वाद मानिरहेको मासु कसरी खान सक्नुहुन्छ र ?
नेपाल शाकाहारी संघले आयोजना गरेको कार्यक्रममा अभिनेता निखिल उप्रेतीको मन्तव्यको अंश

Loading...

LEAVE A REPLY