अहिले कर्मचारीको तलब किन बढाउने ?यस्ता छन् दश कारण

निजामती सेवा स्थायी सरकार हो । यसको गठनको आधार कानूनी रुपले बलियो र राजनीतिक रुपमा हस्तक्षेपमुक्त हुने किसिमको बनाउनु आवश्यक छ । अहिले नेपाल राजनीतिक संक्रमणको अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक अवस्था तरल रहँदा स्थायी सरकार मानिने निजामती प्रशासनले जुन क्षमताका साथ कार्यसम्पादन गर्नु पर्ने थियो सो हुन नसकी रहेको अवस्था छ । यसर्थ प्रशासनिक अवस्था पनि चरम संक्रमणतामा रुमलिरहेको छ । कुनै पनि देशको सरकार आफ्ना कर्मचारी भन्दा असल हुन सक्दैन । सरकारले उच्च क्षमताको कार्यसम्पादन र सुशासनको अपेक्षा गर्ने हो भने उसलाई उच्च मनोबलयुक्त, जुझारु र जनउत्तरदायी कर्मचारीको आवश्यकता पर्दछ । गुणस्तरीय र उत्तरदायीपूर्ण सार्वजनिक सेवाको प्रवाह गर्न कर्मचारीलाई कर्तव्यनिष्ठ भएर काम गर्न उत्प्रेरित गराई राख्नु पर्छ र उचित कार्य वातावरणको प्रवन्ध पनि मिलाई दिनु पर्दछ । यदि यसो नहुने हो भने कर्मचारीले उही पुरानो भनाई सरकारको काम कहिले जाला घामलाई नै चरितार्थ गर्दछन् ।आ.व. २०७६/ ७७ को नीति तथा कार्यक्रम (बजेट) सार्वजनिकहुने दिन नजिकिदै गर्दा आम नागरिक मात्र हैन कर्मचारी समेत कान ठाडो पारिरहेका छन् । यो बेला कर्मचारीको तलब किन बढाउने ? यस्ता छन् १० कारण :

१. कर्मचारीहरूलाई जीबन निर्बाह गर्न अहिलेको समयमा रू ३५०००्र मासिक तलब चाहिन्छ । तर अहिले १७००० न्युनतम तलब रहेकोले जीबन धान्न पुग्ने तलब पुर्याउनका लागि,
२. कर्मचारीको परिवारमा कम्तिमा छ जना हुने र उनीहरूको आबस्यकता निजले धान्नुपर्ने हुदा सो का लागि,
३. कर्मचारी उत्प्रेरित नभै सेबामा गुणस्तर नहुने हुदा गुणस्तरीय सेवा प्रवाहका लागि,
४. कर्मचारीको सामाजिक सुरक्षाको पाटो कमजोर भएकोले सोलाई मजबुद बनाई कार्य उत्प्रेरणा बढाउनका लागि,
५. दक्षिण एशियामा सबैभन्दा कम तलब दिएको देश नेपाल हो जुन तलबको न्युनतम मापदण्ड भन्दा कम छ । अत विश्व समुदायलाई सुहाउँदो तलबमान कायम गर्नकोलागि
६. जीबन धान्न नपुगेपछि कर्मचारी वैकल्पिक व्यवस्था तर्फ लाग्ने हुदा पनि भ्रष्टाचार बढीरहेकोले सो कम गरी भ्रष्टाचार नियन्त्रण गर्नका लागि,
७. कर्मचारी उत्प्रेरित भएमामात्र सेबा प्रबाह सरल, सहज र प्रभावकारी हुदामात्र सुशासन कायम हुनेहुदा तलब बढाई कर्मचारी उत्प्रेरित गरी सुशासन कायम गर्नका लागि,
८. कम सेबा सुबिधाका कारण योग्य जनशक्ति बिदेश पलायन भएकोले मध्यम व्यक्ति यस सेवामा छ । अत उत्कृष्ट व्यक्ति सेबामा प्रवेश गराउनका लागि,
९. तलब नबढेको ४ वर्ष भयो । सिद्धान्त र कानुनले पनि २ वर्षमा बढाउनु पर्ने सो का लागि र,
१०. राजस्व बढे पनि तलब नबढेकोले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here