घुससहित नापी सर्वेक्षक पक्राउ

हाम्रो देश मा जतिनै भ्रष्टचार अन्त्य गर्ने भनिएता पनि ति शब्दहरु पानामा मात्र सिमीत रह्यो । फेरी पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले अनुसन्धानले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ भने जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा दुवैजनालाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

Loading...

LEAVE A REPLY