किर्तीपुर नगरपालिकाको मासिक प्रतिवेदन सार्वजनिक

किर्तीपुर नगरपालिकाले वैशाख महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । नगरपालिकाका उप मेयर तथा प्रवक्ता सरस्वती खड्काद्धारा वैशाखमा भएका गतिविधीलाई समेटेर तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । आज शुक्रवार किर्तीपुर नगरपालिकाको शिक्षा शाखा हलमा पत्रकार तथा विभिन्न मिडिया मार्फत कार्यक्रमहरु सार्वजनिक भएको हो ।

मासिक प्रतिवेदन नगरपालिकाका सूचना अधिकारी परशुराम चौलागाईले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सहाकारी शाखा, सामान्य प्रशासन शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, पशु विकास शाखा, शिक्षा शाखा, आर्थिक शाखा, राजश्व शाखा, योजना तथा प्राविधिक शाखा, कानुन शाखा, तथा पुननिर्माण शाखाका बारेमा उल्लेख गरिएको छ । कार्यक्रममा उप मेयर खड्काले विभिन्न योजनाहरुका बारेमा बताउनु भएको छ । २०७५/७६ का योजनाहरु क्रमागत रुपमा सम्पन्न भइसकेपछि मात्र आगामी योजनाहरु निर्माण गर्ने उहाँको भनाइ छ । निर्वाचित भएर आइसके पश्चात किर्तीपुर नगर भित्रका महिलामा आएको सकारात्मक परिवर्तन तथा विकासका बारेमा आफु स्वयम गएर अवलोकन गर्ने जानकारी उहाँले दिनु भएको छ । यस्तै नगरपालिका अन्तर्गत आमा सुरक्षा कार्यक्रम योजना किर्तीपुर अस्पताल मार्फत भइरहेकोे पनि जानकारी उहाँ दिनुहुन्छ ।

हाल प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट ३७६ जनाको सूचि तयार भइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक राजकुमार पाण्डेले जानकारी दिनुभएको छ । सो कार्यक्रमले ७५/७६ मा गरेका योजना तर्जुमा रहेर वेरोजगारलाई रोजगार दिने उद्देश्य रहेको उहाँ सुनाउनु हुन्छ । यस्तै नगरपालिकालाई प्लाष्टिक मुक्त नगर बनाउनका लागि नयाँबजारमा प्लाष्टिक सडक बनाएर यस कामको थालनी नगरपालिकाले गरेको छ । प्लाष्टिक सडक मार्फत नगरलाई वातावरण मैत्री बनाउने र फोहोर व्यवस्थापन गर्ने मूख्य उद्देश्य रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज आचार्यले बताउनु भयो ।

यस्तै, चम्पादेवी मन्दिरसम्म केवलकार निर्माण गर्ने योजनामा रहेर अध्ययन अनुसन्धान भइरहेको पनि उप मेयर खड्काले जानकारी दिनु भएको छ । हालै निर्माण भएको युद्ध स्मारक पार्क र योजनामा रहेको चम्पादेवी केवलकार नगरपालिकाको गौरवको योजना भएको उहाँ भन्नुहुन्छ ।

Loading...

LEAVE A REPLY