ट्रेड युनियनका अध्यक्ष ढकाल घाइते, अप्रेसन हुँदै

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल गभ्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा परी उनी घाइते भएका छन् । उनी सवार गाडी काभ्रेको भकुण्डेबेसीमा दूर्घटनामा परेको छ । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसीमा रातको साढे १ बजे दूर्घटनाग्रस्त भएको जनाइएको छ । दुर्घटनामा परी अरु दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको अहिले निजामती अस्पतालमा उपचार भइरहेको छ ।

अर्थोवार्डका डा कपिलमणि केसीको टोलीबाट उपचार भई रहेका अध्यक्ष ढकालको सोही अस्पतालका कन्सल्टेन्ट डाक्टर विमल थापाले अपरेसनको तयारी गरी रहेका छन् । निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ड गुरागाईको छातीमा चोट लागेको छ भने सवारी चालक सकुसल रहेका छन् ।

Loading...

LEAVE A REPLY