भारतीय नक्‍कली नोटसहित विमानस्थलबाट छजना पक्राउ

कतारको दोहाबाट साढे तिन करोढ बढी भारतीय नक्कली नोट र तीन पाकिस्तानी नागरिकसहित छजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

रकम रिसिभ गर्न गएका अन्य तीन नेपालीलाई प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको छ। पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर,महमद अक्तरलाई विमानस्थल प्रहरी र भन्सारले पक्राउ गरेको जानकारी पा्रप्त भएको छ ।

पक्राउ पर्ने नेपालीमा युनिस अन्सारी, सोयर खान र सुजन रानाभाट हुन् । अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको प्रहरीले जनाएको छ।थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ।

Loading...

LEAVE A REPLY