सिक्किमको २५ पटकसम्म बागडोर सम्हालेका पवन चाम्लिङले खुसी हुँदै एसकेएफलाई धन्यवाद दिए

२५ पटकसम्म सिक्किमको मुख्यमन्त्री रहेका पवन चाम्लिङ यो निर्वाचनमा पनि आफ्नो जित सुनिश्चित भएको ठोकुवा गरेपनि अन्ततः उनको पार्टीले नराम्रोसँग धक्का बेहोर्नुपर्यो । प्रतिद्वन्द्वी पार्टी सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट हासिल गर्दै २६औँ पटक मुख्यमन्त्री बन्ने चाम्लिङको ढोका बन्द गरिदियो ।

राजनीति भनेको हार जित हो । उनले शुक्रबार सामाजिक सञ्जालबाट आफ्ना सिक्किमबासीलाई आफूलाई भोट दिएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् । ‘म देशवाशीहरुप्रति कृतज्ञता छु । हामीलाई पाँच वर्षसम्म निरन्तर तपाईहरुको सेवा गर्ने मौका दिनुभयो ।’ उनले फेसबुकमार्फत् देशबासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामीले आशा गरौँ यो नयाँ सरकारले सम्पूर्ण जनताको थप आशा पूरा गर्नेछ।’

चाम्लिङको एसडीएफ पार्टीबाट विगत पच्चिस वर्षदेखि सिक्किमको मुख्यमन्त्रीको बागडोर सम्हाल्दै आएपनि हालको निर्वाचन मतपरिणामबाट पराजित हुनुपर्यो । उनले निर्वाचनको मत परिणामबाट नआत्तिकन एसडीएफले अब विपक्षी पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन् । आफू सदैव सिक्किमेली जनताको साथमा रहेको उल्लेख गर्दैै सिक्किम र यहाँको जनताको सदैव हितको रक्षा गरिरहने पनि जानकारी दिएका छन् ।

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्दैछ ।

Loading...

LEAVE A REPLY