सिरहामा साढेलाई जोगाउन खोज्दा बस र ट्रक ठोक्कियो, दुईको मृत्यु, २३ घाइते नामबिबरण सहित


सडक दुर्घटनाको एक मुख्य कारण हो छाडा जनावर । बाटोमा यसरी छाडा रुपमा छोडीएको जनावरको कारणले धेरै भन्दा धेरै दुर्घटना घटेका छन् जसको उदारण हो मिर्चैया नगरपालिकाको प्रयागपुर चोकको । उक्त स्थानमा रहेको साढेलाई जोगाउन खोज्दा सिरहाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत प्रयागपुर चोकमा बस र ट्रक आपसमा ठोक्किएर दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

ना ८ ख ९८२ नम्बरको बस र ना ३ ख ४२६४ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको छैन भने घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेको सूची

१. कुमार श्रेष्ठ, ट्रक चालक, गोलबजार नगरपालिका, सिरहा
२.विश्वनाथ बनियाँ, सोनामति गाउँपालिका–६ , झापा
३. मिनकला राई, ईलाममाई नगरपालिका–१, इलाम
४.सोमामाया राई, ईलाममाई नगरपालिका–१, इलाम
५. सुगुरुमोति बानियाँ, सोनामति गाउँपालिका–६, झापा
६. दिनेश श्रेष्ठ, सुन्दर हरैचा नपा–६, मोरङ्ग
७. रोमन थापा, सुन्दर हरैचा नपा–६, मोरङ्ग
८. किरण उप्रेती, भद्रपुर नपा–९, झापा
९. विश्का उप्रेती, कचनदाहा गाउँपालिका–२, झापा
१०. जितबहादुर दर्जी, केराउल नपा, मोरङ
११. नविन दास, गौरदाहा नपा–४, झापा
१२. दिपक ढुङगेल, कतनकवल गाउँपालिका–१, झापा
१३. अबिर शेष, पाङडुबा गाउँपालिका–२ झापा
१४. विमल लिम्बु, केराबारी नपा–२, मोरङ्ग
१५. पावनी राजवंसी, भद्रपुर नपा, झापा
१६. उपेन्द्र राजवंसी, बनियानि, झापा
१७.श्रीलाल राजवंसी, शिवशंज, झापा
१८. काला ढुङगाना, पथरी, मोरङ्ग
१९. बिनोद ढुङगानाका ५ वर्षीय छोरा राज ढुङगाना, पथरी मोरङ्ग
२०.मोहम्मद मुस्तक, झापा

३ जनाको भने परिचय खुलेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here