यी हुन गाउँपालिकाको “डन नेतृ” कर्मचारीको कठालो समातेर च्यातिदिइन कपडा

स्थानीय तहका कर्मचारीहरु दिन प्रति दिन कुटिने क्रम बढ्दै गएको छ । यस्तै दादागिरी देखाइएको छ नुवाकोटको तारकेश्वर गाउँपालिकामा । त्यहाँका उपाध्यक्षले आफूले लगाएको तोक आदेशको कार्यान्वयन नगरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेकी छिन् ।
यसरी कर्मचारी पिटेर दादागिरी देखाउने नेतृ हुन तारादेबी रिमाल उनी नुवाकोटको तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष । तात्कालिन एमालेबाट निर्वाचित । उनैले हो त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अशोक दाहाललाई हातपात गरेको । गाउँपालिका अध्यक्ष भने कार्यालयमा नरहेको समयमा उनी माथि हात पात भएको छ ।
अपरान्ह ४ बजे आफ्नो कार्यकक्षमा रहेका प्रमुख प्रशासकीय अधिकृत दहाललाई उपाध्यक्ष रिमालले कठालो समातेर लगाएको लुगा समेत च्यातिदिएको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।

कर्मचारी स्रोतका अनुसार उपाध्यक्ष रिमालले पाँचलाख रुपैयाँ बराबरको खानेपानी पाईप खरिदका लागि तोक आदेश गरेकोमा खरीद ऐन अनुसार खरिद प्रकृया अपनाउनु पर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत दाहालले कार्यान्वयनमा नलगेको झोकमा उपाध्यक्ष रिमाल कुटपिटमा उत्रिएको आरोप लागेको छ।

कुटपिट गर्ने क्रममा उनले सरकार आफूहरुको रहेको उल्लेद गर्दै स्थानिय तहमा सहयोग नगर्ने कर्मचारीलाई तह लगाएरै छाड्ने चेतावनी दिइन।

गाउँपालिकामा अध्यक्ष बराबरको हैसियत माग्दै आएकी रिमालले प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेपछि कर्मचारीहरुले अव काम गर्ने वातावरण नभएको बताए ।

घटनाको बिषयमा हामीले राखेको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत दाहालले ऐन नियमको कार्यान्वयन गर्दै स्थानीय तहलाई पारदर्शी र आर्थिक अनुशासनमा राख्न खोज्दा आफूले अपमान सहन परको बताए ।

LEAVE A REPLY