खाली पेटमा खान नहुने यी खानेकुराहरु

हामी बिहानीको समयमा उठ्ने वित्तिकै विभिन्न पेय पदार्थहरु सेवन गर्न रुचाउछौं । खाली पेटमा एसिडको मात्रा धेरै हुने गर्छ । यस्तो अवस्थामा धेरै एसिडिटी युक्त खाने कुराले शरीरको पाचन शक्ति गढबढ हुन सक्छ ।

ग्रीन टी वा चिया
धेरैजसो व्यक्ति विहान उठ्ना साथ ग्रीन टी वा चिया पिउन रुचाउछन् । यसले स्वास्थ्यमा नराम्रो असर गर्छ । चियामा रहेको कैफीन तत्वबाट शरीरमा एसिडको मात्रा बढ्न जान्छ र यसले पाचन शक्तिमा समेत समस्या निम्त्याउछ ।

गोलभेँडा
विहान खाली पेटमा गोलभेँडा तथा यसको परिकारहरुको सेवन गर्नु उपयुक्त मानिदैन् । गोलभेँडामा एसिडको मात्रा एकदमै धेरै हने गर्छ । र एसिडले शरिरमा एसिडिटीको खतरा बढाउँनमा मद्दत गर्छ ।

दुध
दुधमा सैचुरेटेड र प्रोटिनको मात्रा बढी पाइन्छ । यसले पेटको मांसपेशीलाई कमजोर बनाउँछ । विहान खाली पेटमा दुध पिउँदा खोकीको समस्या निम्त्याउन सक्छ ।

दही
बिहानै दही पनि खानु स्वास्थ्यको लागि राम्रो होइन । दहीले पेटमा हाइड्रोक्लोरिक एसिडको मात्रालाई बढाउन मद्दत गर्छ । र, दहीमा हुने ल्याक्टिक एसिडले ब्याक्टेरियालाई नष्ट गरिदिन्छ ।

केरा
बिहान उठेर केरा खाँदा शरीरको पाचन प्रक्रिया बिग्रने खतरा हुन्छ । र यसले तौल पनि बढाउने काम गर्दछ । खाली पेटमा केरा खादाँ यसले क्यालसियम र म्याग्नेशियमको सन्तुलन समेत बिगार्दछ ।

Loading...

LEAVE A REPLY