बाँकेमा दाइजोको विषयलाई लिएर एक युवतिको हत्या

बाँकेको जानकी गाँउपालीका वडा नं ३ इन्द्रपुर निवासी राधेश्याम कुर्मीको २१ वर्षिया छोरी निराको हत्या ससुराली पक्षले नै गरेको आरोप परीवारले लगाएको छ । नेपालगञ्जमा आज गरिएको पत्रकार सम्मेलनद्धारा परिवार स्रोतले जानकारी दिएको छ ।२०७६ को वैशाखमा डुडुवा गाँउपालीका वडा नं ३ वनकट्टीका २२ वर्षिय राम मनोहर कुर्मीसंग निराको विवाह भएको थियो ।

विवाहपछि राम मनोहरले दाइजो नदिएको भन्दै पटक पटक कुटपिट गर्ने गरेको निराले माइतिलाई बताउदै आएकि थिइन् । राम मनोहर र उनको परीवारले मरणासन्न हुने गरी कुटपिट गरेपछि माघ १ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । विवाहमा ७ लाख रुपैया खर्च गरेका माइतिले छोरी माथिको अन्याय सहन नसकेर यहि वैशाखमा पुनः १ लाख वरावरको सोफा, दराज लगायतका सामाग्री राम मनोहरलाई दिएको राध्यश्यामले बताए ।

त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राम मनोहरले वैशाख मै पुनः कुटपिट गरेका थिए । वारम्वार कुटपिट हुन थालेपछि न्याय माग्दै माइतिपक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिए । महिला सेलमा राम मनोहरले माफि मागेर यो गल्ती नदोहोर्याउने भन्दै निरालाई घर लगेका थिए । तर यहि जेष्ठ २ गते अपरान्ह ४ वजे निराले आत्महत्या गरीन् । यो आत्महत्या नभएर उनीहरुले नै हत्या गरेको निराका वुवा राधेश्यामले बताएका छन् । उनीहरुले हत्यारालाई कडा भन्दा कडा कारवाहिको माग गरेका छन् । अहिले राम मनोहरलाई प्रहरीले पक्राउ गरीसकेको छ । (रेडियो सद्भाव नेपालगञ्ज)

Loading...

LEAVE A REPLY