आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु

कीर्तिमान राई अहिले कोटेश्वरमा रहेको आँफ्नै घरमा आएका थिए । ताप्लेजुङ हाङपाङका(२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर(कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए । आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।

कीर्तिमान राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY