आगामी बर्षका लागि बजेट तयार,कर्मचारी र बृद्धबृद्धालाई ‘उपहारै उपहार’

ढोका थुनेर बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट निर्माणको सम्पूर्ण काम पूरा गरेको जनाएको छ । सरकारले आर्थिक बर्ष २०७६ ०७७ को लागि बजेटलाई अन्तिम रुप दिईसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो जनाएका हुन् । सरकारले आगामी आर्थिक बर्षका लागि १५ खर्ब ७७ अर्ब ७७ करोडको बजेट ल्याउने तयारी गरिरहेको छ । सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था गरेको छ ।
यस पटकको बजेटमा सरकारले कर्मचारीको तलबसंगै सामाजिक सुरक्षा भत्ता समेत बढाउने जनाएको छ । सरकारले कर्मचारीहरुको तलब तीन बर्षदेखि बढाएको छैन् । यस पटक कर्मचारीको तलब बढाउन लागिएको बताइएको छ। कम्तिमा १५ देखि बढीमा २५ प्रतिशतसम्म कर्मचारीहरुको तलब बढ्ने चर्चा छ । यद्यपि आधिकारिक ट्रेड युनियनका नेताहरुले भने पियनको ३५ हजार र मुख्य सचिवको तलब १ लाख ७५ हजार पुराउनुपर्ने माग राख्दै आएका छन् ।त्यस्तै जेष्ठ नागरिकले पाउने वृद्धा भत्ता कम्तिमामा पनि मासिक एक हजार रुपैयाँले बढाउने निश्चित भएको बताइएको छ। हाल जेष्ठ नागरिकले मासिक २ हजार रुपैयाँका दरले वृद्धा भत्ता प्राप्त गर्दै आएका छन।

LEAVE A REPLY