महिलाले एकसाथ ६ बच्चा जन्माएपछि

हामीले कुनैपनी महीलाले एकै पटकमा १ देखि ३ वटा बच्चा जन्माएको त सामान्यता सुन्दै आएका छौँ । तर वास्तविक अचम्म पहिलो पटक कुनै महिलाले एकै पटकमा ६ जना बच्चा जन्माउनु साँच्चीकै ठूलो खबर नै हो । अझ घट्दो जनसंख्याको मार परेका कतिपय युरोपेली मुलुकका लागि यो निकै खुसीको खबर बनेको छ ।

पोल्याण्डमा हालै एक महिलाले एकसाथ ६ बच्चा जन्माएपछि त्यहाँका राष्ट्रपतिले समेत बधाई दिनुभएको छ । उत्तरी पोल्याण्डको एक अस्पतालमा उनले बच्चा जन्माएकी छन् । जहाँ ६ बच्चा मध्ये ४ जना छोरी र २ जना छोरा जन्मिएका छन् ।

बच्चाहरुको तौल ८९० ग्रामदेखि १।३ किलो सम्म रहेको छ ।क्राकाओस्थित विश्वविद्यालय अस्पतालका प्रवक्ता मारिया भ्लोद्कोव्सकाका अनुसार गर्भको २९ औँ हप्तामै बच्चा जन्मिएका हुन् ।
आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेता पनि समय नपुगी बच्चा जन्मिएको हुनाले ती बच्चाहरुलाई इन्कुबेटरमा राखिनेछ ।

पोल्याण्डका राष्ट्रपति आन्द्रजेज दूदाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा आमा र बच्चाका साथै अस्पतालका डाक्टरहरुलाई पनि बधाई दिएका छन् ।अस्पतालका डाक्टरहरुले ती महिलाले ५ वटा बच्चा जन्माउने अनुमान गरेका थिए । तर ती महिलाले त ६
वटा बच्चा जन्माइदिइन् । एजेन्सीको सहयोगमा

LEAVE A REPLY