किन पढ्ने “सेतो याक ?”

मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको दिन अर्थात जेठ ३ गते । यही दिनलाई रोजेर सरकारका सह सचिव केदार पनेरुले आफ्नो औपन्यासिक कृति बजारमा ल्याएका छन् । जागिरे जीवनको क्रममा रसुवा भन्सार कार्यालय पुगेका सह सचिव केदार पनेरुले त्यहाँ देखेका घटना बस्तुलाई शव्दमा उतारेर उपन्यासको रुप दिएका छन् । पनेरुले एक बर्ष अवधि लगाएर लेखेको उक्त औपन्यासिक कृति ‘सेतो याक’ गत शुक्रवार संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सार्वजानिक गरेका हुन् ।

भुकम्पका कारण थिलथिलो भएको रसुवा भन्सार कार्यालयमा कार्यरत रहँदा लेखिएको उक्त सेतो याक कृतिमा तमाङ्ग बस्ति महिलाको सबाल,नेपाल चीन नाकामा हुने यौन व्यापार,कन्टेनर चालक र भट्टीवालबीचको यौनका कुरा,भुकम्प पछाडिको रसुवा र लाङ्गटाङको अबस्था,विदेशी पर्यटक र नेपाली गाइडको अबस्था लगायतका बिषयबस्तुलाई समेटेर उपन्यासको रुप दिएका हुन् । पूर्वअर्थमन्त्री शंकर कोइरालाले ‘औपन्यासिक कृति सेतो याकका बिषयबस्तु रोमाञ्चक रहेका सुनाए । विशिष्ट विषयवस्तु, मौलिक कथाशिल्प र पृथक प्रस्तुतीकरण सहितको एउटा पठनीय औपन्यासिक कृति हो “सेतो याक” ।’

जहाँ भूकम्प पछिको रसुवा, लाङ्गटाङका बस्तुस्थितीलाई सुक्ष्म ढंगले केलाउने प्रयास गरिएको छ । उक्त कृतिमाथि मुख्य सचिव लोकदर्शन रेग्मी,लोकसेवा आयोगका सदस्य एंव गीतकार श्रीपुरुष ढकालले टिप्पणी गरेका थिए ।

२ सय ८५पृष्ठ लामो उक्त औपन्यासिक कृति १६ वटा च्याप्टरमा बाडिएको छ । जस्को बजार मूल्य ३ सय तोकिएको छ । पुस्तकको प्रकाशक चन्दा पनेरु हुन् ।

LEAVE A REPLY