प्रधानमन्त्रीलाई “बा” को नाता लगाउने मोडल खुश्बु ओलीलाई चेक बाउन्स प्रकरणमा तीन महिना कैद

दिनेश अधिकारीको प्रेमिकाका रुपमा चिनिएकी मोडल खुश्बु ओली चेक बाउन्स प्रकरणमा डामिएकी हुन् । सप्तरीका गोपालबहादुर कट्वालले खुश्वुले दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि झण्डै एकबर्ष अघि मुद्दा दर्ता गरेका थिए । साउन १९ गते दर्ता भएको मुद्दामा आज फैसला भएको हो । सापटी लिएको रकम तिर्न खुश्बुले कट्वाललाई चेक दिएकी थिइन्। वारम्वार बैंक जाँदा पनि चेक बाउन्स भएको थियो । अदालतले ३६ लाख भराउन पनि आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले ओलीलाई तीन महिना कैद सजाय सुनाएको छ। न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार कैदसहित रकम जरिवाना गरेको हो ।
खुश्बु प्रधानमन्त्री केपी शर्मा ओलीलाई बा को नाता लगाएर सम्बोधन गर्ने गर्दै आएकी थिइन।

LEAVE A REPLY