लोकसेवालाई नयाँ भर्नाको बाटो खुल्यो :- १ हजार अधिकृत, ३ हजार नायब सुब्बासहित १३ हजारका लागि विज्ञापन खुल्दै

नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । यो सँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्ने मार्गप्रशष्त भएको हो । अब एक दुई दिन भित्रैमा लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ४३७ स्थानीय तहका लागि ११,४९२ पद माग गर्दै आयोगमा पत्राचार गरिसकेको छ । यो प्रस्ताव पारित भएसँगै अब लोक सेवालाई विज्ञापन पर्ने बाटो खुलेको हो ।
यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग गर्न लागिएको हो। संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।

मन्त्रिपरिषद्ले पारित गरेसँगै आयोगले नयाँ कर्मचारी भर्नाका लागि एक दुई दिनमै विज्ञापन आह्वान गर्नेछ । अब आयोगले अधिकृतस्तरको पदमा १ हजार र नायब सुब्बास्तरमा ३ हजार पदमा नयाँ विज्ञापन गर्नेछ ।

मन्त्री पण्डितले स्थानीय तहमा देखिएको कर्मचारी अभाव जति सक्दो चाँडो हटाउनु पर्ने भन्दै छिटो भन्दा छिटो विज्ञापन गर्न निर्देशन दिँदै आएका छन् ।

LEAVE A REPLY