गाउँपालिका अध्यक्ष र उपाध्यक्षविरुद्ध वडाध्यक्षले नै मुद्दा हाले

सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष प्रमानन्द यादव र उपाध्यक्ष पुष्पमाला देवीले गैरकानुनी रुपमा काम गरेको भन्दै त्यसको विरोधमा वडाध्यक्षले अदालतमा मुद्दा दायर गरेका छन् ।

अन्नपूर्णै लेख्छ- राजगढ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो अधिकार बाहिर गएर गठन गरेको उपभोक्ता समिति बदरको माग गर्दै वडा नम्बर ४ का वडाध्यक्ष हेमनारायण साहले निषेधाज्ञा, उत्प्रेषण परमादेशको रिट दिएका हुन् ।

LEAVE A REPLY