सुमार्गीलाई ४ अर्ब कर तिर्न सरकारको ताकेता

Sharing is caring!

आन्तरिक राजश्व विभागले अजेयराज सुमार्गीलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर तिर्न ताकेता गरेको छ।

२०६८/ ६९ सालमा सुमार्गीको साइप्रस स्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा प्राप्त पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्न कार्यालयले ताकेता गरेको हो।

यसअघि गत बैशाख ११ गते विभागले सुमार्गीको कम्पनीको नाममा पत्र पठाएको थियो। पत्रमा पन्ध्रदिन भित्र कर तिर्न र तिर्न नपर्ने कुनै ठोस सबुतप्रमाण भए जानकरी दिन भनेको थियो। सुमार्गीको कम्पनीले पत्र बुझेपनि कर नतिरेपछि विभागले पुनस् ताकेता गरेको हो। तर सुमार्गीले चासो नदेखाएपछि विभागले लगत्तै बैशाख ३१ गते सुमार्गकी कम्पनी नेपाल स्याटेलाइटको कर निर्धारण गरिदिएको थियो। तर कर निर्धारण गरिएको पत्र पठाएकोमा बुझ्न अस्वीकार गरेको थियो।

विभागले नेपाल स्याटेलाइनले पत्र नबुझेपछि हुलाक र इमेल मार्फत् समेत पत्र पठाएको जनाएको छ। विभागले जेठ ३ गते सार्वजनिक सूचना जारी पत्रा पठाइएको व्योहोरा सुमार्गीको कम्पनीलाई जानकारी गराएको हो।

Sharing is caring!

LEAVE A REPLY