लेखा नियन्त्रकहरुलाई खुसीको खबर : अब प्रोत्साहन भत्ता पाइने

लेखा नियन्त्रकका रुपमा कार्यरत कर्मचारीहरुलाई खुसीको खबर छ । अन्य क्षेत्रका कर्मचारीहरुलाई झैं लेखा नियन्त्रकहरुलाई समेत प्रोत्साहन भत्ता दिने निर्णय भएको छ । आइतबार बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जनाए । उनका अनुसार त्यस्तै बैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यबिधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ मा केही संशोधन गर्ने समेत निर्णय गरेको छ । स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सम्बन्धी निर्देशिका २०७६ स्वीकृति प्रदान गरेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेश घरेलु हिंसा सम्बन्धी नियमावली २०७६ लाई समेत स्वीकृति प्रदान गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।
बैठकले प्रदेशसभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको छ ।

Loading...

LEAVE A REPLY