खेलाडी हराएको सूचना

Sharing is caring!

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे घर भइ हाल कर्थली तेक्वान्दो डोजाङ्गमा आवद्ध ११ बर्षकी बालिका गत शुक्रवारदेखि हराइरहेकी छिन् ।
रिता तामाङ्ग नाम गरेकी बालिका ललितपुरको धोविघाटबाट हराएकी हुन् ।

उनी न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्धारा आयोजित रास्ट्रिय प्रतियोगितामा सहभागी हुन सिन्धुपाल्चोकबाट राजधानी आएकी थिईन । कार्यक्रम चलिरहँदा गत शुक्रवार अपरान्ह १ बजे ‘खाजा खान जान्छु’ भनेर उनी धोबीघाटस्थित कार्यक्रमस्थलबाट बाहिर निस्किएकी थिइन । त्यस यता उनी सम्पर्क बिहिन अबस्थामा छिन् ।

यी बालिकालाई देख्नुहुने व्यक्तिहरुले तलको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क नम्बर :- 9851120623 9866262411 9860185898

Sharing is caring!

LEAVE A REPLY