अङ्ग प्रदर्शनको साहारा लिएर बलिउडमा जम्न खोजेका ५ अभिनेत्री

Sharing is caring!

एजेन्सी- उत्कृष्ट अभिनय शैलीका कारण विश्वमै सफल मानिएको छ, बलिउड । बलिउड उद्योग मन नपराउने सायदै कोही होला । बलिउडका अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली र आकर्षक छन् । भारतीय कलाकारहरुले संसार भरी नै आफ्नो कला र प्रतिभाशाली अभिनयका कारण सबैको मन जित्न सफल भएका छन् ।

त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जो सँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ । को को हुन् त ५ कलाकारहरु :

उर्वशी रौतेला
सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

जरीन खान
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी जरीन खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् । अनि चल्न पनि सकेनन् ।

ईशा गुप्ता
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।

अमीषा पटेल
अमीषा पटेलले कहो ना प्यार है नामक सुपरहिट चलचित्रबाट करियरको सुरुवात गरेही हुन् । सुरुमा त उनका फिल्महरु रामै्र चलेका थिए र उनी पनि सफल चलचित्रकी सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडे पछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन ।

सनी लियोन
बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी सनी लियोनलाइ हेर्ने नजर नै खराब थियो । उनलाई मुख्य भूमिकामा भन्दा आइटम गीतमा धेरै काम गराइयो। अहिले पनि उनलाई बलिउडमा फिल्म चलाउनका लागि मात्र प्रयोग गरिएको देखिन्छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY