धादिङ केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्पको धक्का

धादिङलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ९ मिनेटमा धादिङको कुम्पुर क्षेत्र आसापासलाई केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौं लगाएत मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस गरिएको छ। केन्द्रले आजको भुकम्प २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको जनाएको छ ।

Loading...

LEAVE A REPLY