सडकमा फोहोर फालेर कर्मचारीहरु आन्दोलनमा उत्रिए

Sharing is caring!

प्रदेश न.२ धनुशा जिल्लाको जनकपुरमा ४ महिना देखिको तलब माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् ।

जनकपुर उपमहानगरपालिकाका सफाइ कर्मचारी पाँच दिन देखि निरन्तर विरोध जनाउँदै आन्दोलनमा उत्रिएका छन् । पाँच दिन देखि निरन्तर विरोध जनाउँदै फोहोर नउठाएका कर्मचारीले माग सुनुवाई नभएको भन्दै सडकमा फोहोर फालेर विरोध जनाएका हुन् ।

पछिलो समय वैशाख २९ गते देखि दैनिक ज्यालदारीमा सफाई गर्दै आएका तीन दर्जन बढ़ी कर्मचारी ४ महिना काम गरेको पैसा माग्दै कार्यालयमा धर्ना दिंदै आएका थिए । माघ ९ गतेको मितिमा संघीय सरकारले डोर हाजिरी (दैनिक ज्यालादरी) कर्मचारी हटाउनु भनी पत्र काटे पछि सफाइ कर्मचारी समस्या भोग्दै आएका छन् ।

Sharing is caring!

Loading...

LEAVE A REPLY