विश्‍वमा सबैभन्दा धेरै बोलिने १० शक्तिशाली भाषाहरु

विश्वमा धेरै भाषाहरु छन् । हरेक देशले बोल्नका लागि आफ्नै भाषाको प्रयोग गरेका छन् । भाषाहरुको यो भिडमा पनि वर्ल्ड इकोनोमिक फोरुमले १० शक्तिशाली भाषाको सूची तयार पारेको छ । अर्थ व्यव्यवस्था, भूगोल तथा कम्युनिकेशनको आधारमा विश्‍व कै सबैभन्दा प्रभावकारी र शक्तिशाली भाषाहरुको सूची तयार पारेको हो । यस्तो छ १० भाषाका सूचीहरु ः

अंग्रेजी भाषा
विश्‍वमा सबैभन्दा बढी प्रभावशाली र प्रभुत्व जमाएको भाषा हो, अंग्रेजी भाषा। यसलाई विश्‍वका विकसित देशहरुले आफ्नो सम्पर्क भाषाको रुपमा प्रयोग गर्दै आइरहेका छन्। संसारका विकसित देशहरु चीन, जापान, कोरिया, क्यानाडा, अस्ट्रेलिया तथा अरब देशहरुले अंग्रेजी भाषालाई कूटनीतिक सम्बन्ध राम्रो बनाउन सहयोग लिने गरेका छन्। अंग्रेजी भाषाले विश्‍वमा आफ्नो पकड जमाएका कारण अंग्रेजी भाषाबाट धेरै पुस्तक, ज्ञान र प्रविधिमा समेत विकास भएको छ ।

म्यान्डरिन भाषा
म्यान्डरिन भाषा चीनमा बोलिने भाषा हो, जुन धेरै बोलिने भाषाहरुको भिडमा दोस्रो स्थानमा पर्छ। चीनको बेइजिङमा लगायत स्थानीय तहमा यही भाषाको बढी प्रयोग गरिन्छ। म्यान्डरिन भाषालाई चिनको राष्ट्रिय भाषा समेत मानिन्छ। यो भाषालाई ताइवानमा पनि बोलीचालीको रुपमा प्रयोग गरिदै आएको छ।

फ्रेन्च भाषा
फ्रेन्च भाषा तेस्रो स्थानमा आउँछ। यो भाषालाई फ्रान्स लगायत युरोपका विभिन्न देशहरुमा बढी प्रयोगमा आउँछ।

स्पेनिष भाषा
स्पेनिष भाषा विश्‍वको चौथो बढी बोलिने भाषामा पर्छ।

अरबी भाषा
पछिल्लो समयमा अरबी भाषाले पनि विश्‍वभर आफ्नो पकड जमाउँदै गएको छ। अरबमा तेलको खानी भएकाले विभिन्‍न देशले निर्यात गर्न यो भाषालाई प्रयोग गर्ने गरेका छन्।

रूसी भाषा
रूसी भाषा संसारमा बोलिने भाषामा पनि दमदार भाषामा पर्दछ। यसले रुस लगायत अन्य देशमा प्रविधिमा पहुँच पुर्याउन आफ्नो भाषालाई प्रयोग गरेकाले बढी प्रयोगमा आएको हो।

जर्मन भाषा
जर्मन भाषा विश्वको सातौ नम्बरमा पर्दछ। यसले पनि विज्ञान प्रविधिको विकासमा आफ्नो भाषालाई प्रयोग गरेको मानिन्छ।

जापानी भाषा
जापान प्रविधिमा सबैभन्दा अगाडि भएकोले जापानले पनि प्रविधिका विकसित चीजमा आफ्नो भाषाको प्रयोग गरेका छन्।

पोर्चुगली भाषा
पोर्चुगली भाषा पनि विश्‍वमा बोलिने भाषामा प्रभुत्व जमाएको मानिन्छ। यहाँका मानिसहरु विश्‍वभर सामाग्री आयात निर्यात गर्ने भएकाले बढी बोलिने गरिन्छ।

हिन्दी भाषा
अहिले विश्‍वभर भारतीयहरुले आफ्नो व्यापार विस्तार गरिरहँदा भाषालाई पनि साथै प्रवर्द्धन गरिरहेका छन्। यसैले हिन्दी भाषा विश्‍वको १० औ बढी प्रभावशाली भाषामा पर्दछ। हिन्दी भाषा विशेष गरी खाडी राष्ट्र, अरबी राष्ट्र र दक्षिण एसियाका देशहरुमा बढी बोलिने भाषा हो ।

Loading...

LEAVE A REPLY