फुर्सदिला मन्त्री :- झण्डावाल गाडीमा पुगे साथीको ‘खाजा घर’ उद्घाटन गर्न …

मन्त्रीहरु पनि कस्ता कस्ता निस्किए । कोही शौचालय उद्घाटन गर्दछन् त कोही व्युटीपार्लर उद्घाटन गर्न पुग्छन् । यस्तै रमिता देखाएका छन् प्रदेशका एक जना मनत्रीले । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले यस्तो गाइजात्रा देखाएका हुन् ।
उनले झण्डावाल गाडीमा सवार भएर आफ्नै साथीले खोलेको खाजा घर उद्घाटन गरी रमिते बनेका छन् । विराटनगरमा ‘आफ्न्रै साथीले खोलेको खाजा घर’को उद्घाटन गरेपछि अहिले सामाजिक सञ्जालमा मन्त्री घिमिरेको चर्काे आलोचना भइरहेको छ । सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को मन्त्री आचार्यले चम्चाले बेलुन फुटाएर उद्घाटन गरेका थिए । यो कार्यक्रममा मन्त्तीसँगै प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी पनि सहभागी थिइन् ।

मन्त्री बनेलगतै औपचारिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री घिमिरेले झिनामसिना कार्यक्रमको उद्घाटन र रिबन काट्न हिँड्न थालेसँगै उनको आलोचना हुन थालेको छ ।

यता मन्त्री घिमिरेले भने आफ्नी बहिनीहरूले सञ्चालन गरेको खाजा घर भएकाले प्रोत्साहन गर्नका लागि आफू व्यक्तिगत रुपमा उद्घाटन गर्न गएको प्रतिक्रिया दिए ।

Loading...

LEAVE A REPLY