पत्रकारलाई १ करोडसम्म जरिवाना लगाउने विद्येयकबाट पछि हट्यो सरकार

अहिले चर्चामा छ संचरसम्बन्धी नयाँ विद्येयकको । समाचार लेखेकै कारण पत्रकारलाई २५ हजारदेखि दश लाखसम्म जरिवाना तिर्ने गरी संघीय सरकारले तयार गरेको विद्येयक संसदमा टेबल भएको छ । उत्त विद्येयकको विरोधमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।
उता यस अगाडि नै २ नम्बर प्रदेश सरकारले समाचरका कारण कसैको मान प्रतिष्ठामा आघात पुगेमा पत्रकारलाई पचास लाखदेखि एक करोड़सम्मको जरिवाना लगाउने व्यवस्था राखेको थियो । उक्त संचार विधयेकबाट प्रदेश २ सरकार पछि हटेको छ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश २ ले प्रस्तावित विधेयकका केहि प्रावधानहरूमा संचारकर्मीहरू असहमति र अस्विकारोक्ती रहेकामा आफ्नो सरकारको ध्यानाकर्षण भएको जनाउँदै उक्त व्यवस्थाबाट पछि हटेको जनाएको छ।कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवबाट हस्ताक्षरित उक्त विज्ञप्तिमा सम्प्रभूता विरूद्ध समाचार लेखेमा ५० लाख देखि १ करोड रूपैयाँसम्म जरिवाना गरिने भन्ने वाक्याशं र अन्य पदावली भूलवशः परेको उल्लेख छ।

कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले शुक्रवार विज्ञप्ति जारी गर्दै आफुले विधेयक अध्ययन नै नगरी हस्ताक्षर गरी दिएकाले सो गल्ती भएको बताएका छन् ।

प्रदेश दुईको सरकारले ल्याएको प्रदेश संचार सम्बन्धी विधयेक अब सञ्चारकर्मीहरुसँग परामर्श गरेर मात्र ल्याउने बताएको छ ।

Loading...

LEAVE A REPLY