वाइडबडीमा अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।

निगमको तत्कालीन नेतृत्व सुगतरत्न कंसाकारले खरिदमा चासो दिएपछि व्यावसायिक योजनाअनुसार काम नगर्दा आम्दानी हुन सकेको थिएन ।

गत वर्ष निगमको कार्यकारी अध्यक्षमा नियुक्त मदन खरेलमाथि समेत विमान प्राप्त भइसकेपछि पनि गन्तव्यको टुंगो लगाउन नसकेको आरोप छ ।

‘गन्तव्य टुंगो लगाएर प्रभावकारी सञ्चालन गर्न नसक्दा नियमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘व्यावसायिक योजनाअनुसार विमान सञ्चालन गर्न नसके थप नोक्सानी वृद्धि भई लगानीको प्रतिफल प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।’

Loading...

LEAVE A REPLY