उद्योग मन्त्री मातृका यादवकै अगाडि कर्मचारीहरुबीच कुटाकुट


कर्मचारी रजिष्टार्ड कार्यालयका कर्मचारीहरुले सेवाग्राहीले पिटेको प्रंसग सेलाउन नपाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कर्मचारीहरुबीच कुटाकुट भएको छ । कर्मचारी सरुवाको बिषयमा कुरा नमिल्दा त्यहाँ कुटाकुट भएको हो ।
मन्त्रालयका उपसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए। तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो। त्यही बिषयमा भनाभन हुँदा कुटपिट भएको मन्त्रालय स्रोतले जनाएको छ ।

घुस लिएर खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीहरु उफ्रिए पछि त्यहाँ भनाभन भएको हो । अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो। यही बिषयमा दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे। केही छिनमै दुबैपक्षबीच कुटाकुट भएको हो।

मन्त्रीको सचिवालयका निजी सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो। यद्यपि मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ।

Loading...

LEAVE A REPLY