२० लाख भन्दा बढी हिनामीना गरेको अभियोगमा हैटौंडाका प्रमुखसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा

Sharing is caring!

अवैधानिक रूपमा काठ कटानी गरी लाखौं रुपैंया हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, हेटौंडाका तत्कालीन डिभिजन वन अधिकृत सहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादवलाई विपक्षी बनाइएको छ।

ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी गरी २० लाख भन्दा बढी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

त्यस्तै वन रक्षक देविप्रसाद गौतम, होटल सामना प्रा।लि। हेटौंडा– ४, मकवानपुरका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका सञ्चालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवम् सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया–२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरासाइनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिनलाई पनि अख्तियारले विपक्षी बनाएको छ।

एक करोड ५८ लाख ७० हजार ७ सय ९० राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानी नोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

Sharing is caring!

Loading...

LEAVE A REPLY